Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले भने - पैसा डिल गरेको अडियो आएको हो, कारोबार भएको छैन

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा रहेका सबैलाई राम्ररी चिन्न नसकिएको बताएका छन् ।

बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच घुसको लेनदेन भएको कहीँ कतै प्रमाणित नभएको बताए ।

सभापति लामिछानेले भने, ‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमूक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो।’

सभापति लामिछानेले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।

लामिछानेले नेपालका राजनीतिक दलले ७० वर्षमा नगरेको अभ्यास र अनुभव ९ महिनामा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077