Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविलाई ढाकाकुमारको धम्की - म डुबेँ भने 'कोर टिम'बारे खोल्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाराम श्रेष्ठले आफू डुबेमा 'कोर टिम'बारे खुलाउने धम्की दिएका छन् ।

सभापति रवि लामिछानेका अनुसार श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएको खुलाएका हुन् ।

पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, 'उहाँले मेरो अडियो होइन भन्नुभयो । मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो । ।।। तर, म डुबेँ भने ुकोर टिमुबारे भन्छु भन्नुएको छ । उहाँले कुन मानसिकताले भन्नुभएको हो ।'

तर, आफूलाई कोर टिमबारे कुनै जानकारी नभएको दाबी गरे । पार्टीले उनी अडियो प्रकरणमा जोडिएको ठहर गरेर नै उनलाई कारबाही गरिएको रविको भनाइ छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ । श्रेष्ठको सांसद पद समेत गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077