Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधवलाई योगेश भट्टराईको प्रश्न - प्रतिपक्षमा रहेको पार्टीले कसरी संसद विघटन गर्छ ?

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेबाट संसद विघटन हुँदैछ भन्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सचिव भट्टराईले यस्तो बताएका हुन् । बुधवार सुनसरीको इनरुवा पुगेका नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका थिए ।

सचिव भट्टराईले भने, ‘ उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन। जुन पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होस् हुनुहुन्छ कि ? हुनुहुन्न कि ?’

सचिव भट्टराईले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे ।

एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077