Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई करोड काण्डमा मुछिएका ढाकाबारे बुधबार निर्णय हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठ जोडिएको अडियोबारे बुधबार निर्णय हुने बताएका छन् ।

मंगलबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रविले पार्टीको छानबिन समितिले गरेको सिफारिसअनुसार भोलि निर्णय हुने जानकारी दिए ।

चितवनका चुनावी सभालाई सम्बोधन गर्दै सभापति रविले भने, 'त्यो अडियो अथेन्टिक (आधिकारिक) हो र हाम्रो समितिले त्यसलाई कारबाही गर्न योग्य मान्यो भने कुनै पनि हालतमा कारबाही हुन्छ । यो फैसला भोलि नै हुनेछ ।' रविले कसैले आफूसँग फोटो खिचेकै भरमा पैसा खाएमा आफूलाई आरोप लगाउन नहुने पनि बताए ।

यस्तै डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचारण समितिमा लिखित स्पष्टीकरणपछि मौखिक बयानका क्रममा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान राखेका छन् । सोमबार ईमेलमार्फत बुझाएको स्पष्टीकरणमा पनि उनले त्यही कुरा उल्लेख गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077