Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादीका रसुवा जिल्ला अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीभित्रको आन्तरिक किचलोका कारण देवकोटाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

रसुवाका पुराना वामपन्थी नेता मानिने देवकोटासहित प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला कमिटी सचिवालय सदस्य ठाकुर पौडेल पनि एमालेमै फर्किएका छन् ।

उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077