Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थतन्त्रको समस्यालाई राष्ट्र बैंकले बुझ्नुपर्छ : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने बताएका छन् ।

मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै अध्यक्ष गोल्छाले यो अप्ठ्यारो लामो समय नरहने बताए ।

उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उनले जनताको जीवनस्तर उठाउन काम गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077