Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पैसा फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीलाई बदनाम गर्न अडिओ रेकर्ड सार्वजनिक गरिएको आरोप लगाएका छन् ।

सभापति लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड पैसा मागेको अडिओ रेकर्ड चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका हुन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडिओ रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न गरे।

लामिछानेले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडिओ रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ । त्यस्ता दुई-तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ।’

लामिछानेले पार्टीभित्र देखिने यस्ता क्रियाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको बताए।

लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताए। हिजो मात्र रास्वपा सांसद ढाकालले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077