Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वर्णिम वाग्लेद्धारा निर्वाचन आचारसंहिता उल्लंघन

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका डा.स्वर्णिम वाग्लेले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।

तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार वाग्लेले चुनाव चिह्नअंकित लकेट लगाउँदै चुनाव प्रचार गरिरहेका हुन् ।

निर्वाचन आचारसंहितामा भने कुनै पनि राजनीतिक दलको चुनाव चिह्नअंकित लोगो लगाउन नपाइने उल्लेख छ।

तर, डा.स्वर्णिम वाग्ले भने निर्वाचन आचारसंहिताको कुनै प्रवाह नगरी चुनाव चिह्नअंकित लोगो लगाएर प्रचारमा जुटेका छन् ।

वाग्लेले चुनाव चिह्नअंकित लकेट लगाएर दमौलीमा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीलाई बिग्रँदो अर्थतन्त्रबारे जानकारी गराएका थिए।

आचारसंहिता लागू भएयता चुनाव चिह्नअंकित लोगो प्रदर्शन गर्न नपाइने भन्दै निर्वाचन आयोगले विज्ञप्ती नै निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077