Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • आर्थिक पारदर्शितामा दोषी ठहरिए सजाय भोग्न तयार छु : रवि लामिछाने

    आर्थिक पारदर्शितामा दोषी ठहरिए सजाय भोग्न तयार छु : रवि लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 957
    SHARES

    फाइल तस्विर

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आर्थिक पारदर्शितामा दोषी ठहरिए सजाय भोग्न तयार रहेको बताएका छन् ।

    चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका लामिछानेले यस्तो बताएका हुन् । सभापति रवि लामिछानेले कसैले आफ्नो नाम भजाउँदैमा दोषी हुने भए आफूले सबैलाई फसाइदिन सक्ने बताए ।



    सोमवार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रश्न उठ्ने बित्तिकै छानबिन शुरू गरेको र दोषी ठहरिए कारबाहीका लागि तयार रहेको बताए।



    सभापति रवि लामिछानेले भने, ‘मैले बेइमानी गरेको छैन । मेरो नाम लिएर कसैले भजाएको भए, त्यसको भार मेरो टाउकोले बोक्दैन, मेरो नाम लिँदैमा मैले खाएको हुने भए म यो देशमा भएभरका सबैलाई फसाइदिन सक्छु । म संलग्न रहेको भए त्यसको सजाय मैले भोग्नुपर्छ । छानबिन निष्पक्ष हुनुपर्छ । अन्य कोही छन् भने पनि सबै आउँछन् ।’

    अदालत र निर्वाचन आयोगबाट नसकेपछि अडियो बाहिर सार्वजनिक गरेर आफूलाई थकाउन खोजिएको आरोप उनले लगाए ।

    मन्त्री बन्नका लागि सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसहित ७२ घण्टामा छानबिन गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार