Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिले नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ : बालकृष्ण खाँण

धनुषा । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक तत्काल पारित गर्नु पर्ने बताएका छन् ।

प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले यस्तो बताएका हुन् ।

नेता खाँणले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक अविलम्ब पारित गर्न आग्रह गरे ।

संविधानले प्रत्येक नेपालीलाई नागरिकता पाउने अधिकार दिएकाले सोबाट कसैले पनि बञ्चित गर्न नसक्ने नेता खाँणको भनाई छ ।

खाँणले भने, ‘राष्ट्रपति कार्यालयमा प्रमाणिकरण नभइ अड्किएर रहेको सो नागरिकता विधेयक प्रमाणीकरणका लागि वर्तमान सरकारले पहल गर्नुपर्छ । यसका लागि हामीले अग्रसरता देखाउनेछौँ ।’

खाँणले संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको विधेयकलाई प्रमाणिकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकताविहिनहरुलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077