महोत्तरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेसविनाको देशको कल्पना गर्न नसकिने बताएका छन् ।
नेपाली कांग्रेस महोत्तरीले संगठन सुदृढीकरण अभियानअन्तर्गत सुरु गरेको पदयात्रा अभियानको शनिबार जलेश्वरमा आयोजित समापन समारोहमा बोल्दै पूर्वगृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
उनले देशको निकास कांग्रेसकै हातमा रहेको बताए । उनले भारतीय नेताहरुले पनि पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गर्ने गरेको दाबी गरे ।
कांग्रेस सभापति देउवा बोल्ने भन्दा पनि गरेर देखाउने व्यक्ति रहेको उनको भनाई छ ।
Leave a Reply