Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रदेश सांसदलाई दुर्व्यवहार गर्ने पहिचान पक्षधर चारजना पक्राउ

खोटाङ । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राईविरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् ।

दिक्तेलमा आयोजित जिल्ला समन्वय समितिको छैटौं जिल्लासभास्थलमै शनिबार दुर्व्यवहार गर्ने युगसन किरात, डार्विन चाम्लिङ, सप्तमणि राई र सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।

कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई विरुद्ध शनिबार उनीहरुले प्रदर्शन गरेका थिए । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लासभा सञ्चालन भइरहकै बेला किरातराई यायोक्खाका अध्यक्ष किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो ।

विरोधमा उत्रिएका समूहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । उनीहरूलाई केही समयपछि सम्झाइबुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077