Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • करेन्ट लागेर वर्ल्डलिंकका कर्मचारीको मृत्यु

    करेन्ट लागेर वर्ल्डलिंकका कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 840
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

    जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा वर्ल्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका–२ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रह्लाद शाहको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका–१ दमाचौरमा वर्ल्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युत्‌को पोलमा सिढी लगाउने क्रममा एक्कासी करेन्ट लागि शाह गम्भीर घाइते भएका थिए ।



    करेन्ट लागी गम्भीर घाइते शाहको स्थानीय दीर्घायु मेडिकलमा सामान्य उपचारपछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार