Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा गगन थापाले सोधे - कानुन नबन्दै नेपालका सूचना बाहिर पुर्‍याउने गरी प्रविधि किन भित्राइयो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दूरसञ्चारसम्बन्धी कानुन नबन्दै सबै सूचना नेपाल बाहिर पुर्‍याउने गरी प्रविधि भित्राउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

थापाले दूरसञ्चार प्राधिकरणले नेपालका सबै सूचना टर्की पुर्‍याउने गरी टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा प्रश्न उठाए ।

महामन्त्री थापाले भने, ‘म सरकारलाई सोध्न चाहन्छु, कि हामीलाई यस्तो आवश्यकता किन पर्‍यो ? यो निर्णय किन गरिदैछ ? विधेयक आइसकेपछि यदि यस्तो प्रविधि चाहिएको भए त्यसमा छलफल गर्न सकिन्थ्यो । तर, यसमा हतार किन गरिएको छ ?’

उनले फोनमार्फत् सबै सूचना टर्कीमा रहेको कम्पनीले प्राप्त गर्ने हुँदा त्यस्तो प्रविधि भित्राउँदा नेपाललाई नोक्सानी हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077