Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादीका नेताहरु एमालेमै फर्किए

दाङ । नेकपा एकीकृत समाजवादी परित्याग गरेका नेताहरु सामूहिक रुपमै नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एसका केन्द्र, प्रदेश तथा जिल्लास्तरका नेताहरु बिहीबार एमालेमै फर्किएका हुन् ।

एकीकृत समाजवादीकी केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, मेटमणी चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी, स्वकीय सचिव गौरवसिंह महरा, नेताहरु सीता चौधरी, हिमाल अधिकारी र किसन भट्टराई एमालेमै फर्किएका छन् ।

नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मालगायतका नेताहरुले उनीहरुलाई एमालेमा स्वागत गरे ।

उनीहरुले एकीकृत समाजवादीभित्र स्वेछाचारी प्रवृत्ति मौलाउँदै गएको भन्दै चैत ४ गते साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077