Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार ८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ ।

सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ ।

बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको सेयर घटेको छ ।

बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

समग्रमा बजार घटे पनि सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077