Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • नयाँ वर्षमा एकै विधाका ४ नेपाली फिल्म भिड्दै

    नयाँ वर्षमा एकै विधाका ४ नेपाली फिल्म भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । वैशाख १ गते (नयाँ वर्ष) का दिन ४ नेपाली फिल्म भिड्ने भएका छन्।

    विधा एउटै भएका फिल्महरु ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘नाइँ नभन्नु ल ६’ एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।



    फिल्म ‘जारी’  लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ लगायतको अभिनय छ।



    ‘नाईं नभन्नू ल–६’मा आशीर्वाद क्षेत्री र आँचल शर्मा मुख्य भूमिकामा छन् ।

    सुरक्षा पन्त मुख्य भूमिका रहेको ‘बुलाकी’ मा कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाईएको छ । नायिका पन्त, नरेन खड्कासँगै स्वयम् निर्माता विष्टले अभिनय गरेका छन् ।

    त्यस्तै, फिल्म ‘प्रसाद–२’मा विपीन कार्की र केकी अधिकारी प्रमुख पात्र छन् । ‘प्रसाद–२’मा निर्माण घोषणा हुँदा नम्रता श्रेष्ठ रहे पनि पछि उनले छोडे पछि केकी अधिकारीको प्रवेश भएको छ ।

    एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव पर्ने देखिएको छ भने नयाँ वर्षमा बिदा समेत परेकोले फिल्मले धेरै व्यापार गर्ने अपेक्षा ४ फिल्मकै निर्माताको रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार