Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्कली कागजातका तीन मोटरसाइकलसहित लिम्बू पक्राउ

काठमाडौं । नक्कली कागजातसहितका तीन वटा मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तीन वटा मोटरसाइकलसहित झापाको हल्दीबारी गाउँपालिका–१ का ४४ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

नक्कली ब्लुबुक बनाइ मोटरसाइकल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

नक्कली कागजात बनाएका बागमती प्रदेश ०२–०३८ प ३१६३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक, बागमती प्रवेश ०२–०३६ प १६५३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक र बागमती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र त्यसको ब्लुबक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077