Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

    बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ भएको हो ।



    सुनुवाइपछि इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।



    अधिवक्ता युवराज पौडेलले दायर गरेको रिटमा भएको सुनुवाइमा निवेदक पक्षका अधिवक्ताहरूले उक्त प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने जिकिर गरेका थिए ।

    पौडेलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश भने दिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार