Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकताको मुद्दा उचालेर विवादमा पार्न खोजियो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न खोजिएको बताएका छन् ।

बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीवीकाको मुद्दा उठाउन नछाड्ने बताए ।

लामिछानेले भने, ‘अहिले पनि हामीलाई शंका उपशंका गरिरहेका छन् । प्रश्न ३० वर्ष सत्तामा बस्नेलाई प्रश्न गर्ने कि ३० दिन सत्तामा बस्नेलाई ? पासपोर्टको मुद्दा आफ्नो ठाउँमा छ, लड्दै गरौंला । अरू मुद्दा चल्दै गर्छन् ।’

चितवन २ का उम्मेदवार समेत रहेका लामिछानेले अब ३० वर्ष सत्तामा बसेकाहरूलाई जनताले प्रश्न सोध्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077