Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय राकेश कुमार तिवारी रहेका छन् ।

तिवारीलाई मलंगवा नगरपालिका करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा उनको साथमा रहेको रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद भएको रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077