Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेविरुद्धको रिट न्यायाधीश फुँयालको एकल इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध परेको रिट न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा परेको छ ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ‘सफल’ले रिट दिएका थिए ।

उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा हिजै का लागि पेसी तोकिए पनि उनको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आज न्यायाधीश फुँयालको एकल इजलासमा सरेको हो ।

सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077