काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्व विकासमा सहयोग पुग्ने बताएका छन् ।
मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताएका हुन्।
धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रुपमा अघि बढ्न प्रेरित गरिरहेको उपराष्ट्रपति साहको भनाइ छ ।
धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई सबै सामु पर्याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए ।