Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा २४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीका अनुसार उपनिर्वाचनअन्तर्गन सोमबार भएको उम्मेदवारी मनोनयनमा १२ दलकातर्फबाट र १२ स्वतन्त्र उम्मेदवारी परेको हो ।

आयोगले उमेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिएको थियो ।

जसमा नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उम्मेदवारी परेको छ । आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077