Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाले भने - घन्टीमा भोट हाल्नेहरू अब शंख बजाएर सूर्यको आरती गर्छन्

चितवन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले तीनै क्षेत्रको उपनिर्वाचनमा एमालेले विजयी हुने दाबी गरेका छन्।

सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि नेता बाँस्कोटाले यस्तो दाबी गरेका हुन् ।

बाँस्कोटाले अघिल्लो पटक एमालेलाई भोट नहालेका चितवनका मतदाताले पनि यसपाली एमालेलाई भोट हाल्ने दाबी गरे ।

बाँस्कोटाले भने, ‘उम्मेदवारी दर्ता भयो। हामी जनताको मन, मस्तिष्क र मुटुमा बस्छौं। हार्ट क्यास, ब्रेन वास गर्ने हो । जनता कसैको मुठी भित्रको बन्धक होइन एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्।’

बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको आरती गर्ने बताए। बाँस्कोटाले एमालेसँग विकासको भिजन र मिसन रहेकाले कसैले चुनौती दिन नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077