Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपनिर्वाचनका लागि दुई महामन्त्री खटिए फिल्डमा

    उपनिर्वाचनका लागि दुई महामन्त्री खटिए फिल्डमा

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 516
    SHARES

    काठमाडौं । उपनिर्वाचनको मनोनयन दर्ताका क्रममा सहभागी हुन नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा पुगेका छन् ।

    महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुन पुगेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा पुगेका छन् ।



    कांग्रेसले तनहु–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।



    बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने कांग्रेसको निर्णय छ । आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार