Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन र विश्वप्रकाशले जिताउलान तनहुँ र चितवनका आफ्ना उम्मेदवारलाई ?

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन दुई महामन्त्रीलाई खटाएको छ ।

कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो ।

समन्वयको जिम्मा पाएका उनीहरुले सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

कांग्रेसले उपनिर्वाचन हुने तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ ।

उपनिर्वाचन हुने अर्को क्षेत्र बारा-२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिवार्चन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077