Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्रलाई सहयोग गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ मा जनता समाजवादी पार्टी (जसपा)लाई सघाउने भएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बारा-२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी छ ।

यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077