काठमाडौं । तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठकल सुरु भएको हो ।
एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाल उठाउने लगभग निश्चित छ ।
बारा २ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बुझिएको छ ।