Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गहुँ काटिरहेका बेला चट्याङ लागेर महिलाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर महिलाको मृत्यु भएको छ ।

जिल्लाको चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको हो ।

खेतमा गहुँ काटिरहेको समयमा वर्षासँगै आएको चट्याङ लाग्दा कार्की र सोही ठाउँकी वर्ष १३ की अरुण कार्की घाइते भएकी थिइन् ।

प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारको क्रममा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते अरुण कार्कीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077