Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलले पार्टी अनुशासन पालना गर्नुभएको छैन : विष्णु पौडेल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको बताएका छन् ।

आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले भने, ‘भीम रावल पार्टीको निर्णय मानेर चल्नुभएको छैन । उहाँले अनुशासन पनि उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन् ।’

रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ ।

यस्तै उपाध्यक्ष पौडेलले अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077