Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतलनिवास पुगेका हुन् ।

उनी बिहान साढे ९ बजे राष्ट्रपति निवास शीतलनिवासमा पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ ।

शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास गएको बताइएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो ।

कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा पठाउने चर्चा कांग्रेसमा छ ।

हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077