Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस छाडेको अर्थशास्त्री स्वर्णिम वाग्लेको घोषणा, भने - पार्टी नातावादमा परिणत हुँदैछ

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

वाग्लेले सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

वाग्लेले लेखेका छन्,'२०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । '

वाग्लेले कांग्रेस पार्टी परित्याग गरेसँगै नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताए । वाग्लेले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077