Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्री र उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको हो।

बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने छ ।

सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077