Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • मन्त्री र उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    मन्त्री र उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

    बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्नेछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अनुमोदन गर्नेछ । सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने बताइएको छ ।



    तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने निर्णय गर्दै गत चैत ६ गते विश्वासको मत दिएको थियो।



    कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ। योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्ड यसअघि नै बनेको थियो। सोही आधारमा आज मन्त्री छान्ने तयारी छ।

    कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ । यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको हो । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार