Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - प्रधानमन्त्री भएर धेरै काम गरे, फेरि बन्ने रहर छैन

पाल्पा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि पनि प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताएका छन् ।

पाल्पामा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, 'प्रधानमन्त्री भएर मैले धेरै काम गरेको छु। तपाइँहरूले मन पनि पराउनुभएको छ। यतिले मलाई पुगेको छ । तर देश जोगिन पर्‍यो। देशको रक्षा हुनपर्‍यो।'

ओलीले नेपाल-भारतको विवादित सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरे।

उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077