Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन कार्यसमितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । अब उक्त बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

बीपी स्मृति भवन बीपीनगरमा बिहीबार बैठक बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताइएको छ ।

साथै कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077