Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बारा-२ उपनिर्वाचन : कांग्रेसबाट राधेचन्द्र यादवको नाम सिफारिस

बारा । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिले बारा २ को उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारमा राधेचन्द्र यादवको नाम सिफारिस गरेको हो।

यादव संविधानसभा सदस्य हुन्। पहिलो संविधानसभा निर्वाचनमा यादव बारा २ बाटै प्रत्यक्ष तर्फको संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

उम्मेदवार सिफारिसका बारेमा सोमबार जिल्ला सभापति राजेशराय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले यादवको एकल नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

कांग्रेस जिल्ला कार्यसमितिले यादवको नाम सिफारिस गरेपनि वैशाख १० को उपनिर्वाचनमा बारा २ मा कांग्रेस शीर्ष नेतृत्वले भने सत्तागठबन्धनबाट जसपालाई सघाउने वचन दिइसकेको छ। उक्त क्षेत्रमा जसपाबाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077