Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पर्साबाट १० किलो चरेससहित बृजेश पक्राउ

पर्सा । इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागूऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई अवैध लागूऔषध चरेस आन्दाजी १० केजीसहित पक्राउ गरेको हो ।

प्रहरीले कुर्मीको घर तलासी गर्दा उक्त परीमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077