काठमाडौं । सरकारका लागि राष्ट्र बैंकले सोमबार २२ अर्बको आन्तरिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो ।
जसमा २८ दिनका लागि नवीकरणअन्तर्गत पाँच अर्ब, ९१ दिनका लागि पाँच अर्ब नयाँ तथा ६ अर्ब ५० करोड नवीकरणको लागि रहेको छ ।
१८२ दिनका लागि ६० करोड नवीकरण र पाँच अर्ब ३६४ दिनका लागि नवीकरणअन्तगर्त रहेको छ । ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।
जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।
यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।
Leave a Reply