Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाबाट ‘राष्ट्रिय मर्यादा विधेयक’ स्वीकृत

काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए।

विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए।

विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077