Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आठ मन्त्रालयसहित खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजनक संख्याका साथ सरकारमा जाने निर्णय गरेको छ ।

पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषदमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनुपर्ने बताए ।

गठबन्धनमा कांग्रेसले सात मन्त्रालय पाउने र आठ मन्त्रालयका लागि प्रयास गरिरहेको बताइएको छ ।

यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने सहमति जुटेको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो ।

आइतबार सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077