Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलाई कसैले बोलाएर अर्थमन्त्री बन्न भनेको छैन : कांग्रेस महामन्त्री थापा

रुपन्देही। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले नयाँ सरकारमा अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है!मलाई कसैले बोलाएर अर्थमन्त्री बन्न भनेको छैन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको महामन्त्री थापाले बताए ।

थापाले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै उनले आफूलाई कसैले बोलाएर आफ्नो रुचिबारे सोध्ने अपेक्षा पनि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077