Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • लेबनानमा पनि आर्थिक संकट, प्रदर्शनमा उत्रिए सर्वसाधारण

    लेबनानमा पनि आर्थिक संकट, प्रदर्शनमा उत्रिए सर्वसाधारण

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 531
    SHARES

    एजेन्सी । मध्यपूर्वी मुलुक लेबनान पनि आर्थिक संकट गहिरिंदै गएपछि सर्वसाधारण विरोध गर्न थालेका छन् । बैंकमा राखेको निक्षेप पनि फिर्ता लिन नपाउने अवस्था आएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

    अवकाश प्राप्त कर्मचारी र सुरक्षाकर्मीहरु नै बैंकले रकम फिर्ता नदिएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन । राजधानी बेरुतमा बुधबार भएको प्रदर्शनमा झडप समेत भएको छ ।



    प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर ढुंगामुढा गर्दै सरकारी मूख्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेका थिए ।



    पछिल्ला दिनहरुमा लेबनानी पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा ९८ प्रतिशतले अवमूल्यन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार