Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरधाम-११ का वडाध्यक्ष चौधरी र सचिव माधव घुससहित पक्राउ

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीबाट घुस लिएलगत्तै उनीहरुलाई पक्राउ गरिएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077