Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्नेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा उनीहरुलाई थुनामा राख्न अनुमति दिएका हुन् ।

मंगलबार काठमाडौँको बानेश्वरबाट प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत छन् ।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ५ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077