Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेवाग्राहीसँग ३० हजार घुस लिने नायब सुब्बा अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि पाण्डेले सेवाग्राहीसँग ३० हजार घुसररिसवत लिएको आयोगको दाबी छ ।

पाण्डेविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद मागदाबी गरी मुद्दा दायर भएको अख्तियार प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077