Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वन्यजन्तुको सुकुटीसहित देउखुरीबाट कमानसिंह पक्राउ

दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित एकजना पक्राउ परेका छन् ।

दाङको राजपुर गाउँपालिका–७ छेकरीया नाका निवासी ४९ वर्षीय कमानसिंह बिक वन्यजन्तुको सुकुटी बोकेर हिँडिरहेको अवस्थामा मंगलबार बिहान राजपुर–५ नौसराबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चंगुवाबाट गएको प्रहरी टोलीले बिकलाई पक्राउ गरी खानतलासी गर्दा उनले बोकेका दुईवटा बोरामा सुकुटी फेला परेको थियो ।

पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077