Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटबारे टुंगा लागेको छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुंगा नलाको बताएका छन् ।

गिरिजाप्रसादको स्मृति दिवसमा प्रेस युनियनको विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले मन्त्रालय बाँडफाँटको टुंगा नलागेकाले मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने बताए ।महामन्त्री थापाले भने, ‘ सत्ता गठबन्धनको बीचमा समझदारी बनाउनुपर्नेछ । दलहरू धेरै छन्, दलभित्र आकांक्षीहरू झन् धेरै छन् । त्यसलाई मिलाउँदा केही समय लाग्न सक्छ ।’

उनले गठबन्धनमा संसदभित्रको अंकगणितभन्दा अस्वाभाविक हुने गरी दाबी गर्दा मन्त्रालय बाँडफाँटमै समस्या हुने बताए ।  उनले दलहरूले संसद्भित्रको गणितलाई बिर्सिएर मन्त्रालयमा अस्वभाविक दाबी पेस गर्दा समस्या हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077