Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज गोरखा जाँदै छन् ।

पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।

प्रचण्ड विहान ११ बजे गोरखा पुग्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम रहेकोछ ।

यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077